Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लायन्स क्लब अफ दन्तकाली धरान र लियो क्लबद्वारा बालबालिकालाई खाना

हाम्रो कोशी आवाज
असार १७ २०७७, बुधबार
लायन्स क्लब अफ दन्तकाली धरान र लियो क्लबद्वारा बालबालिकालाई खाना

धरानः लायन्स क्लब अफ दन्तकाली धरान र लियो क्लब दन्तकालीले धरानका बालबालिकालाई खाना खुवाएको छ ।
दुई संस्थाको संयुक्त आयोजनामा धरानस्थित सरस्वती बाल आश्रमका बालबालिकालाई खाना खुवाइएको हो । आश्रममा आश्रित बालबालिका यस्तै खाना खुवाउने लगायत अन्य दातामा आश्रित छन् ।
बेलुका खाना खुवाउने कार्यक्रम राखिएको क्लबका महासचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा लायन्स क्लबकी रुकमिनी मास्के, लियो क्लबका अध्यक्ष सुगम शाक्य, पुर्व अध्यक्ष मिना पुलामी, चित्रकुमार राई, जोन चेयर पर्सन निरज गुरुङ, टंककुमारी गुरुङलगायतको उपस्थितिमा कार्यक्रम भएको हो । यसअघि संस्थाले माथिल्लो पानमारामा धान रोपाइँ कार्यक्रम पनि आयोजना गरेको थियो ।

प्रकाशित मिति: असार १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend