Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरी कस्तुरी कलेजकी गुन्जनको मोडलिङ मोह

हाम्रो कोशी आवाज
असार १८ २०७७, बिहिबार
इटहरी कस्तुरी कलेजकी गुन्जनको मोडलिङ मोह

इटहरीः गुन्जन शर्मा मोडलिङबाट समाज रूपान्तरण गर्ने सपना लिएर आगाडि बढ्दै गरेको एउटा नाम हो । शर्मा इटहरी–२ आँपगाछीमा बसोबास गर्छिन् । स्नातक तह कस्तुरी कलेजमा अध्यनरत् उनी मोडलिङमा गुन्जन खोज्दैछिन् ।
सानै उमेरदेखि समाजलाई उत्पे्ररणा होइन रूपान्तरणको आवश्यक छ भन्ने बुझेकी उनले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटोसुट गरिसकेकी छिन् । शर्माका अनुसार आफ्नी आमा रिनु शर्माको गायक सुन्दै हुर्किएको हुँदा कलाले मात्र समाज रूपान्तरण गर्न सक्ने हुँदा कला क्षेत्रमा लाग्ने रुचि जागेको बताइन् । इटहरीको एरिना टेलिभिजनमा ‘एसएमएस जोन’ नामक कार्यक्रममार्फत् लोकप्रियता कमाएकी गुन्जन अहिले अध्ययनमा एकाग्र भएर लागेको बताउँछिन् ।
‘जीवनले ब्रेक माग्छ र अहिलेको समय प्रतिस्पर्धाको मात्रै नभएर आफ्नो पहिचान बनाउने रहेको हुँदा फरक पहिचानका लागि अध्ययन महत्वपूर्ण छ भन्ने ठानेकी छु’, उनले भनिन्, ‘औपचारिक तथा मोडलिङ फिल्डका अनौपचारिक पुस्तक पढ्दै भविष्यका लागि तयारी अवस्थामा छु, अब आउने दिनमा समाज रूपान्तरणका लागि फरक कार्यक्रम तथा योजना लिएर कलामार्फत् जीवनलाई प्रस्तुत गर्नेछु ।’ आफ्नी आमा तथा भाइको सकारात्मक सहयोगले आफू अघि बढ्दै गरेको उनले बताइन् ।
हेरौं फोटोः

प्रकाशित मिति: असार १८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend