Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मिस लिम्बूका लागि युवती छनौट

हाम्रो कोशी आवाज
माघ २९ २०७९, आइतबार
धरानमा मिस लिम्बूका लागि युवती छनौट

धरानः धरानमा ‘सम्मान मिस लिम्बू’ को अडिसन भएको छ ।
अडिसनबाट १४ प्रतियोगी छनोट भएको आयोजकले जनाएको छ । धरान अडिसनबाट कृतिका लिम्बू (ताप्लेजुङ), मुना चेम्जोङ लिम्बू (धनकुटा), नीता लिम्बू (तेह्रथुम), भेनुमा लिम्बू (झापा), कृतिका इङ्नाम (धनकुटा),उषा सिंगु लिम्बू (पाँचथर), बिपिका सेलिङ लिम्बू (पाँचथर), तागेराफुङ नेम्वाङ (पाँचथर), काजल सेलिङ लिम्बू (पाँचथर), केञ्जल योङहाङ (पाँचथर), अनुषा पार्घरी लिम्बू (धनकुटा), नुमा कुरुम्बाङ (मोरङ), रोजा लिम्बू, मदेन लिम्बु (ताप्लेजुङ) र ज्वाला कुरुम्बाङ लिम्बू (मोरङ) छनोट भएका छन् ।
लिम्बू समुदायमा आफ्नो भाषा लिपी, परम्परा, संस्कृति, पहिचान, मुन्धुम, साहित्य, कला, गरगहना, भेषभुषा, परम्परागत यन्त्रलगायत लोप हुने अवस्थामा पुगेकोले हुनाले जर्गेनाका लागि यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । धरान अडिसनका निर्णायकमा मिस्टर धरान तथा युवा व्यवसायी दिनेश सिंगक, चलचित्रकर्मी हयाङ चेम्जोङ, मिस लिम्बू सन्ध्या तुम्बाहाङ्फे, खेलाडी तथा कलाकार किशोर सम्बाहाम्फे, कोरियोग्राफर कला सुब्बा, लिम्बू भाषाविद् तथा कलाकार यासेली योङ्हाङ, समाजसेवी तथा गायक पूर्ण लिम्बू, मोडल इक्सा मादेन र कृष्ण सुब्बा रहेका थिए ।
छनोट भएका १४ जनालाई काठमाडौंमा एक महिनासम्म पूर्व मिस नेपाल २०१० की विजेता सदीक्षा श्रेष्ठका साथै पूर्व मिस नेपाल माल्भिका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, भाषाविद् मुन्धुम्बीड डिबी आङबुङ लगायतले व्यक्तित्व विकास प्रशिक्षण प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले ५० हजार नगदसहित स्कुटर, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल यही चैत ११ गते राष्ट्रिय नाच घर काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: माघ २९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend