काठमाडौंः पछिल्लो २४ घण्टाको अवधिमा थप ४७३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १०९ महिला र ३ सय ६४ जना पुरुष गरी ४७३ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । जसमध्ये १ हजार ८८३ जना महिला छन् भने १२ हजार ६३६ जना पुरुष छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न प्रयोगशालामा २४ घण्टाको अवधिमा ४ हजार ५३७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म २ हजार ३७ हजार ७६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेको संख्या ३८ हजार १०९ रहेको छ भने १० हजार १३७ जना आइसोलेसनमा छन् । बिहीबार थप ६६४ जनाले कोरोनाले जितेका छन् । अहिलेसम्म संक्रमणमुक्त भएर ५ हजार ३२० जना घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा १३ जना थपिएका छन् । सुनसरीका ४, मोरङका ६, झापाका १, उदयपुरका १ र खोटाङका १ गरी १३ जना थपिएका हुन् । यस्तै, ललितपुरका २, चितवनका २, वर्दियाका १, भक्तपुरका २, दाङका २, धादिङका १,दोलखाका २,गोर्खाका १, काठमाडौंका २८ सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५, डोटीका ५८, कैलालीका १६५, कञ्चनपुरका ३१ संक्रमित थपिएका छन् ।
यस्तै, काभ्रेका १, मकवानपुरका १, पाल्पाका १, रामेछापका १, रुपन्देहीका १, सिन्धुलीका १, नवलपरासीका १, सिन्धुपाल्चोकका ४, अर्घाखाँचीका २, नुवाकोटका १, रसुवाका १, बागलुङका १, पर्वतका २, तनहुँका ३, स्याङजाका २, कास्कीका १, लमजुङका १६, दाङका २, दैलेखका ३ तथा कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भइसकेको छ ।