Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना संक्रमणको दर घट्यो

हाम्रो कोशी आवाज
असार २२ २०७७, सोमबार
कोरोना संक्रमणको दर घट्यो

धरानः बितेको २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिन वा त्यो भन्दा अगाडिको भन्दा धेरै कम हो ।
यसपटक काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विभिन्न जिल्लामा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै कुल कोरोना संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या ६ हजार ८ सय ११ पुगेको छ ।
यस्तै २९ हजार २ सय १५ जना क्वारेन्टिनमा र ९ हजार १ सय १८ आइसोलेसनमा रहेका छन् । अहिले रेड जोनमा ५ सय १९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए ।
कहाँ कहाँ थपिए ?
प्रदेश १ मा झापाका ५, सुनसरीका २, खोटाङका ३, ओखलढुंगाका ३, संखुवासभाका १, उदयपुरका १, ताप्लेजुङका १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै संक्रमितमा सिरहाका ३, सप्तरीका ८, नुवाकोटका १, सर्लाहीका ६, चितवनका १, नवलपरासीका ६, रौतहटका ६, काभ्रेका ४ जना रहेका छन् । यस्तै सिन्धुपाल्चोकका ३, बाराका १, चितवनका ३, दाङका २, धादिङका १, दोलखाका २, गोर्खाका ७, कास्कीका ८, मकवानपुरका ५, सिन्धुलीका २, अर्घाखाँचीका १, बागलुङका ६, लमजुङका ११, पाल्पाका ४, प्युठानका ४,जाजरकोटका १, डढेलधुराका ५, जुम्लाका १ र कैलालीका ८ जना संक्रमित थपिएका हुन् । नेपालमा हाल ३५ जनाको मृत्यु भइसकेको छ ।
धरानबाट १५ जना घर फिरे
योसँगै, सोमबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ अस्पतालमा उपचाररत १५ जना संक्रमित सफल उपचारपछि डिस्चार्ज भएका छन् ।a

प्रकाशित मिति: असार २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend