धरानः निजी स्कुलहरुले भोलि साउन १ गतेबाट शिक्षण सिकाइका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने भएका छन् ।
निजी स्कुलका सञ्चालकहरुको छाता संगठनहरु निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन) ले विद्यालय सञ्चालन गर्न शुल्क उठाउन पाउनुपर्ने माग गर्दै आएका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहमति नदिए पनि उनीहरुले आज साउन १ गतेबाट सबै शिक्षण सिकाइ क्रियाकलाप स्थगित गर्ने निर्णय गरेको हो । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय प्याब्सनका अध्यक्ष ऋतु सापकोटाले संयुक्तरुपमा विज्ञप्ति जारी गरि सो जानकारी दिइएका छन् । दुवै संस्थाले निजी स्कुलमा कार्यरत शिक्षक र कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय समेत गरेका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफूहरुले उठाएको माग सम्बोधन नभएको भन्दै निजी स्कुलले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्न निर्णयमा पुगेका हुन् । प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि विद्यालय खोल्न पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, कोरोनाका कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने, अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्नेलगायतका माग राखेका थिए ।
प्याब्सन तथा नेसनल प्याब्सनद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति
कोभिड–१९ महामारी रोकथामका लागि २०७६ साल चैत्र ११ गतेदेखि मुलुकभर जारी लकडाउनको कारणले शिक्षण संस्थाहरु लगातार पूर्णरुपमा बन्द रहेको अवस्थाप्रति हामी सबै अवगत नै छौं । हाल आएर बजार, उद्योग–व्यवसाय, निजीरसार्वजनिक सवारी–साधन लगायतका क्षेत्र सञ्चालनमा आएता पनि भौतिकरुपमा विद्यालयहरु सञ्चालन भएका छैनन् । लामो समयावधिसम्म बालबालिका शिक्षाबाट बञ्चित हुने अवस्थाप्रति अत्यन्त संवेदनशील भई निजी शैक्षिक संस्थाहरुले प्रविधिको प्रयोग गरि वैकल्पिक उपायको रुपमा २०७७ साल बैशाख महिनादेखि नै अनलाइन कक्षाहरु सञ्चालनमा ल्याएता पनि यसले औपचारिकता पाउन सकेको थिएन । हामी लगायत सबै पक्षको अनवरत प्रयासले गर्दा नेपाल सरकार शिक्षा मन्त्रालयले २०७७ साल असार १ गतेदेखि लागू हुने गरी “वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका” जारी गर्यो । उक्त निर्देशिकाको अधिनमा रहने गरि हामी संस्थागत विद्यालयहरुले समेत शैक्षिक सत्र २०७७ का लागि विद्यार्थीहरुको अभिलेखीकरण गर्ने तथा नियमित वैकल्पिक कक्षाहरु ९अनलाइनरअफलाइनमार्फत० थप व्यवस्थित गर्ने तयारी थाल्यौं र इन्टरनेटमा पहुँच नहुने विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियोरएफएममार्फत समेत दूरशिक्षा कार्यक्रम सञ्चालन गर्यौं ।
नेपाल सरकारले २०७६ साल चैत महिनामा घोषणा गरेको राहत प्याकेजमा निजी विद्यालयहरुले एक महिनाको शुल्क छुट गर्नुपर्ने कुरालाई समेत हृदयंगम गरि लकडाउनको कठिन परिस्थितिलाई मध्यनजर गर्दै प्याब्सन तथा नेसनल प्याब्सानले संयुक्त रुपमा असार ७ गते अपिल जारी गर्दै यस शैक्षिक सक्रमा ११ महिनाको मात्र मासिक शुल्क त्रमशः भुक्तानी गर्दै जाने, सेवा उपलब्ध नगराएको शीर्षकमा लकडाउन अवधिभर शुल्क तिर्नु नपर्ने, विद्यालयहरुले नियमित अनलाइन कक्षा सञ्चालन गर्ने भनि नेपाल सरकारका सबै सरोकारवाला मन्त्रालय तथा निकायहरु लगायत आम अभिभावकहरुलाई सम्बोधन गरि सार्वजनिक रुपमा आव्हान गरेकोमा हाम्रो विनम्रता, संवेदनशीलता तथा विद्यालय शिक्षाको लगभग ३० प्रतिशत भाग ओगट्ने निजी क्षेत्रको योगदान र महत्वलाई वास्ता नै नगरि शिक्षा मन्त्रालयबाट असार ८ गते हाम्रो अपिलको भावना विपरीत हुने गरि प्रेस विज्ञप्ति जारी भएकोमा हामी मर्माहत भएका छौँ ।
मुलुकभर लगभग ३० लाख विद्यार्थीहरुको शैक्षिक भविष्य अन्धकारमय भएको प्रति चिन्तित हुँदाहुँदै शून्य आम्दानीको कारणले संस्थागत विद्यालयमा कार्यरत करिब दुई लाख ५० हजार शिक्षक–कर्मचारीलाई बैशाख महिनादेखि तलब उपलब्ध गराउन नसकिरहेको तितो यर्थात र उहाँहरु भोकभोकै रहनुपर्ने अवस्था एकातिर छ भने अर्कातिर विद्यालयको स्थायी प्रकृतिका खर्चहरु – घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इन्टरनेट ईत्यादि खर्च धान्न नसक्ने गरि विद्यालयहरुको आर्थिक अवस्था जर्जर रहेको छ ।

यस विकराल समस्याको समाधानार्थ हाम्रो अभिभावक नेपाल सरकारका सम्बन्धित निकायहरु समक्ष पटकपटक मागहरु राखी निरन्तर छलफल, वार्ता–संवाद गर्दा पनि कतैबाट कुनै किसिमको सहयोग प्राप्त गर्न नसकेको अवस्था प्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन असार १४ गते माननीय शिक्षा विज्ञान तथा प्रविधिमन्क्री समक्ष संयुत्तरुपमा ज्ञापनपत्र बुझाई हाम्रा मागहरु असार १९ गतेभित्र सम्बोधन होस भन्ने अनुरोध प्रस्तुत गरियो सो समय सिमाभित्र सम्बोधन नगरिएमा असार २२ गतेबाट अनलाइनरअफलाइन कक्षाहरु, टेलिभिजन, रेडियोरएफ।एम। कक्षाहरु, विद्यालय प्रशासन लगायत सम्पूर्ण गतिविधिहरु माग सम्बोधन नभएसम्मका लागि पूर्णरुपमा बन्द गरि प्रथम चरणको आन्दोलन घोषणा गर्न बाध्य हुनेछौ र यसबाट उत्पन्न हुने परिस्थिति, शिक्षक–कर्मचारीका तलब, घरभाडा बैंक ब्याज लगायतका दायित्वको जिम्मेवार नेपाल सरकार स्वयम् हुनुपर्ने समेत अवगत गराएका थियौँ । सो मागलाई नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीबाट असार २१ गते प्याब्सन, नेसनल प्याब्सन, अभिभावक संघ संगठन, शिक्षक महासंघ, इस्टु तथा मन्त्रालयका पदाधिकारी सहितको बैठक आयोजना गरि निजी विद्यालयहरुको साझा मागका सम्बन्धमा सकारात्मक रुपमा लिने पतिवद्धता व्यक्त भएको र मन्त्रालयका तर्फबाट कोरोना संक्रमण व्यबस्थापनको सरकारी संयन्त्रमा हाम्रा जायज मागलाई तत्कालै पेश गरि सम्बोधन गराउने मौखिक आश्वासन व्यक्त भए पश्चात वार्ता र संवाद जारी राख्ने विषयमा मन्त्रालय तथा अन्य सरोकारवालाबीच सहमति भई तत्काललाई आन्दोलनको कार्यक्रम स्थगत गर्न मन्त्रालयद्वारा आग्रह गरियो । सोही अनुसार सकारात्मक निर्णयको आज मिति २०७७ असार ३१ गतेसम्म संयमितरुपमा प्रतिक्षारत रहेको व्यहोरा स्पष्ट पार्न चाहान्छौँ । यसैबीच दुवै संगठनका तर्फबाट असार १४ गते समस्या समाधानार्थ शिक्षा मन्त्रालय समक्ष पेश गरेको ज्ञापनपत्रमा उल्लेखित विषयहरुको सम्बन्धमा असार २१ गते मन्त्रालयमा भएको भद्र सहमतिको एकसाता वितिसक्दा पनि कुनै ठोस निकास नआएको र थप अन्योल बढदै गएको यस परिस्थितिमा थप गतिविधिहरु सञ्चालन गर्न हामीलाई आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले अनिश्चिताबीच विद्यालयका प्रशासनिक कार्यालयहरु खोलि गतिविधि सञ्चालन गर्नु भन्दा कार्यालय बन्द गरि बस्नु नै उचित विकल्प हो भन्ने हामीलाई महशुस भएको छ । तसर्थ २०७७ साउन १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गरि आफ्ना शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर विदा दिने अप्रिय निर्णय गर्न बाध्य भएका छौ ।
अन्त्यमा अभिभावकज्यूहरुले दर्शाउनु भएको सद्भावका लागि धन्यवाद दिन चाहान्छौँ । विद्यार्थीहरुको शिक्षण सिकाइका प्रक्रिया अवरुद्ध हुने विषयप्रति अत्यन्तै दुःखी छौ । नेपाल सरकार शिक्षा मन्त्रालयले भौतिकरुपमा विद्यालय सञ्चालनको अनुमति दिए पश्चातमात्र विद्यालयका प्रशासन खुल्ला हुनेछन् । विद्यालय सूचारु भई आम्दानी सुनिश्चित भए पश्चातः अनुपातिक हिसाबले २०७७ वैशाखदेखि असारसम्मको शिक्षक कर्मचारीहरुको तलब लगायत अन्य सबै प्रकारका दायित्वहरु क्रमश भुक्तानी गरिनेछ । समस्या समाधनका लागि प्याब्सन तथा नेसनल प्याब्सन वार्ता संवादका लागि सदैव सकारात्मक रहेको व्याहोरा अनुरोध गर्दछौँ । यसबाट पर्न जाने असुविधाप्रति सम्पूर्ण सरोकारवालाहरुसँग क्षमाप्राथी रहदै उचित निकासका निम्ति हार्दिक अपिल गर्दछौँ ।