बिर्तामोडः झापाको कमल गाउँपालिका–३ केर्खामा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
शनिबार राति सवा १२ बजे पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको मे१०प ९८२६ नम्बरको मोटरसाइकलले सडकमा उभिरहेको राँगालाई ठक्कर दिएको थियो । ठक्करले घाइते भएका मोटरसाइकल चालक झापा गाउँपालिका–६ का २७ वर्षीय प्रदीप लम्साललाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
सोही मोटरसाइकलमा रहेका २६ वर्षीय धर्मेन्द्र सुवेदी घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ । सोही मोटरसाइकलमा रहेका २६ वर्षीय धर्मेन्द्र सुवेदी घाइते भई सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख हुन । घाइते सुवेदी शिवगञ्ज शाखाका प्रमुख थिए ।