ताप्लेजुङः पर्यटनमन्त्री योगेश भट्टराईको पहल तथा शहरी विकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा ताप्लेजुङको विपन्न परिवार १८ सय १४ घर परिवारको खरको छानो विस्थापित गरी जस्ताको छानो लगाइने भएको छ ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ताप्लेजुङको अति विपन्न घर परिवारको लागि खरको छानो विस्थापित गरी जस्ताको छानो लगाइने पर्यटनमन्त्रीका निजी सचिवालयका प्रतिनिधि डम्बर ओख्राबुले जानकारी दिए ।
२०६६–७७ आर्थिक वर्षमा पाथीभरा याङवरक गाउँपालिकामा ३० घर र मैवाखोला गाउँपालिका ३० घर छनौट भएको निजी सचिवालयका प्रतिनिधि ओख्राबुले जानकारी दिए । यस आर्थिक वर्ष २०७७–८८ लागि सुरक्षित नागरिक आवासअन्तर्गत फुङलिङ नगपालिका १९० घर, फक्ताङलुङ गाउँपालिकामा २४५ घर, मिक्वाखोला गाउँपालिका १४७ घर, मेरिदेन गाउँपालिका १८८ घर, आठराई त्रिवेणी गाउँपालिका २१३ घर परिवार, सिदिङवा गाउँपालिका १६७ घर परिवार, सिरिजंघा गाउँपालिका २९० घर परिवार, पाथीभरा याङवरक गाउँपालिका २०० घर परिवार र मैवाखोला गाउँपालिका १७४ घर परिवार गरी जम्मा १८ सय १४ घर परिवारका खरको छानो विस्थाापित गरि जस्ताको छानो लगाउने सचिवालय प्रतिनिधि ओख्राबुले जानकारी दिए । पर्यटनमन्त्री भट्टराई ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य छन् ।