Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खचाखच यात्रु, भाडा दोब्बर बढी

हाम्रो कोशी आवाज
साउन ४ २०७७, आइतबार
खचाखच यात्रु, भाडा दोब्बर बढी

ताप्लेजुङः ताप्लेजुङ स्थानीय रूटमा चल्ने यातायातले लकडाउनमा मौका छोपी गाडी सिटमा खचाखच बसाल्दै चर्को भाडा शुल्क उठाउन थालेका छन् ।
सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुईजनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने निर्णय गरेको थियो । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको संक्रमणबाट बच्न त्यस्ता सवारीमा सेनिटाइरजसमेत राखेर चलाउन सकिने निर्णय नेपाल सरकारले गत २६ गते असार निर्णय गरेको छ ।
भाडा शुल्क ५० प्रतिशतसम्म बढाउन पाउने पनि २६ गते सरकारले निर्णय गरेको छ । तर निर्णय कार्यान्वयनमा समस्या परेको छ । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको संक्रमणबाट बच्न त्यस्ता सवारीमा सानिटाइजर समेत राखेर चलाउन सकिने निर्णय भएपनि सहीरूपमा कार्यान्वयन हुन नसकेको यो गतिलो उदाहरण हो ।
ताप्लेजुङको सदरमुकामदेखि विभिन्न स्थानीय तहसम्म पुग्ने गाडी चालकहरुले गाडीको सिट क्षमता भन्दा धेरै यात्रु राखेर यात्रुसँग मनपरी तरिकाले चर्को भाडा शुल्क उठाउन थालेको स्थानीय डम्बर ओख्राबुले बताए । भाडामा मनोमानी र मनपरीतन्त्र मौलाएको उनले बताए ।
ताप्लेजुङ सदरमुकामदेखि मेरिङदेन गाउँपालिकाको सान्थाक्रासम्मको साविक भाडा रु ३०० सय भएपनि ५ सय लिने गरिएको छ । ताप्लेजुङदेखि आठराई त्रिवेणी गाउँपालिकाको हाम्पाङसम्मको भाडा रु ४ सय हो तर अहिले ८ सय शुल्क लिइँदै आएको छ भने सदरमुकामदेखि दोभानसम्म भाडा शुल्क दुई यस हो तर अहिले ४ सय लिन थालिएको छ । यस्तै, ताप्लेजुङ जिल्लादेखि बिर्तामोडको भाडा शुल्क रु ८ सय हो तर अहिले २ हजार रुपैयाँ असुल्दै आएको एक यात्रुले जानकारी दिए । सिट क्षमताभन्दा आधा कम यात्रु राखेकैले लिन पाउने ५० प्रतिशत भाडा भने सिटभर यात्रु राखेर पनि असुल गर्न थालिनुचाहिँ लुटने शैली भएको यात्रुको भनाइ छ ।
तापलेजुङ जिल्लामा सञ्चलित सानो गाडीमा सामाजिक दुरी कायम गर्न नसकिने र क्षमता अनुसार यात्रु राख्नुपर्ने डिल्लीराम न्यौपानेले बताए । कारोनाको कहरले सबै थलिएको अवस्थामा यात्रुसँग मनपरी ढंगले भाडा असुल्न थालेको भन्दै तत्काल सरोकारवालाहरुसँग समस्याको समाधानको लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियले ताप्लेजुङको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन त्र बुझाएको छ ।

प्रकाशित मिति: साउन ४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend