Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भदौ १ देखि विद्यार्थी भर्ना

हाम्रो कोशी आवाज
साउन ६ २०७७, मंगलबार
भदौ १ देखि विद्यार्थी भर्ना

धरानः सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री युवराज खतिवडाले पठनपाठन कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय पछि गरिने बताए ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थरसूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्कुल भर्ना १ गतेदेखि लिन सकिने बताए । भर्ना खुला भएपनि विद्यालय भने अर्काे सूचना नआएसम्म खुल्ने छैनन् ।
त्यस्तै खेलकुद लगायतका क्रियाकलाप पनि भदौ १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय भएको उनले जानकारी दिए ।
सरकारको यस निर्णयबाट कक्षा १२ तथा विश्वविद्यालयका विभिन्न तहका परीक्षा सञ्चालन गर्न बाटो खुला भएको छ । सरकारले अनुमति नदिएकै कारण परीक्षा सञ्चालन हुन सकेका छैनन् । सरकारको यस निर्णयबाट आगामी भदौबाट धमाधम परीक्षा सञ्चालन हुने देखिन्छ ।
यसैगरी कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना लिन सरकारले विद्यालयहरूलाई बाटो खुला गरिदिएको छ । उनले अर्को सूचना नभएसम्मका लागि शैक्षिक संस्था (विद्यालय, कलेज र ट्युसन सेन्टर) खोल्न नपाउने जानकारी दिए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अन्त्य भएको छ ।
सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले चार महिनापछि लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति: साउन ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend