Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइई नतिजा साउन १५ भित्र, कक्षा–११ को परीक्षा लिने सम्पूर्ण अधिकार विद्यालयलाई !

हाम्रो कोशी आवाज
साउन ७ २०७७, बुधबार
एसइई नतिजा साउन १५ भित्र, कक्षा–११ को परीक्षा लिने सम्पूर्ण अधिकार विद्यालयलाई !

धरानः एसइई परीक्षाको परीक्षाफल ढिलो आउने भएको छ ।
परीक्षा नियन्त्रक रामराज खकुरेलले अहिलेसम्म करिब ४५ जिल्लाबाट प्राप्तांक आइपुगेको बताए ।
‘साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेका छौं, अहिलेसम्म केही जिल्लाबाट प्राप्तांक नआएकाले समस्या परेको छ’ –परीक्षा नियन्त्रक खकुरेलले भने ।
पनिकाले सबै समन्वय समितिले प्राप्ताङ्क पठाएपछि विद्यालयको कोड, सिम्बोल नम्बर र सबै विषयको प्राप्ताङ्क इन्ट्री गरेर परीक्षाफल प्रकाशित गर्ने प्रक्रिया शुरु गर्ने जनाएको छ ।
विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मूल्याङ्कन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई इकाइले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था छ ।
मन्त्री परिषद्को बैठकले यो वर्षको एसईई परीक्षा विद्यालयलाई नै दिने निर्णय गरेको थियो । लगत्तै बोर्डले कार्यविधि तयार गरी परीक्षा प्रणाली शुरु गरेको थियो । पनिकाले २० गते विद्यालय र ३० गतेभित्र इकाइले अंक पठाउनुपर्ने गरी निर्देशन जारी गरेको थियो ।
तर करिब दुई सातादेखिको अविरल वर्षाका कारण राजमार्ग बन्द भएको र विकट जिल्लामा हवाई मार्गसमेत सञ्चालन नभएकाले कर्णाली, सुदूरपश्चिम र प्रदेश–१ का पहाडी जिल्लाका विद्यालयको उत्तरपुस्तिका पनिकामा आउन सकेको छैन ।
यस्तै, राष्ट्रिय परीक्षा बोर्डले कक्षा–११ को परीक्षा लिने सम्पूर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकारसहितको कार्यविधि तयार गरेको छ ।
कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्यस्थापन गर्न विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले कक्षा १० को परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो । -समाचारको शीर्षक असार १५ गतेभित्र हुन गएकोमा सच्याइएको छ । –सं.

प्रकाशित मिति: साउन ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend