Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘मास्क नलगाए कडा कदम लिनू’

हाम्रो कोशी आवाज
साउन ११ २०७७, आइतबार
‘मास्क नलगाए कडा कदम लिनू’

काठमाडौंः गृह मन्त्रालयले मास्क नलगाउनेविरुद्ध कडा कदम लिन भनेर निर्देशन दिएको छ ।
मातहतका निकायलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृहले आइतबार मातहतका निकायलाई निर्देशन दिएको हो ।
गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गरेको छ । जसमा मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको छ । पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: साउन ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend