Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नाङ्गो तारमा ट्रकले छोएपछि करेन्ट

हाम्रो कोशी आवाज
साउन ११ २०७७, आइतबार
नाङ्गो तारमा ट्रकले छोएपछि करेन्ट

फोटोः गुगल

ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं २ अन्र्तगत मेरिङ्देन गाउँपालिका वडा नं २ खाम्लुङ बजार नजिकै ट्रकले विद्युतको नाङगो तार छुँदा नजिकै रहेको ट्याक्सी चालकको आइतबार मृत्यु भएको छ ।
ट्रकका चालकलाई गम्भीर घाइते अवस्थामा उद्दार गरी उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा मे१च ३०८१ नम्बरको ट्याक्सी चालक ताप्लेजुङको दोखु घर भएका २७ वर्षीय विकास मुखिया रहेका छन् ।
मे१ख १८६५ नम्बरको ट्रक चालक पाँचथरको भारपाका अन्दाजी ३५ वर्षीय अमृत श्रेष्ठलाई गम्भीर अवस्थामा उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार दोभान बजार सामान पुरयाएर झापाको बिर्तामोडतर्फ अघि बढेको ट्रकले तलसम्म लत्रेको विद्युतको नांगो तारलाई छोएको थियो ।
सोही कारण घाइते भई त्यहीँ लडेका अमृतले गाडी अघि बढाउन सकेनन् । साइड दिएर बसेको ट्याक्सी चालक मुखिया गाडीबाट ओर्लिए र गाडी किन अघि नबढेको भनेर यात्रुलाई गाडीमै छाडी ट्रक भएतर्फ अघि बढे । करेन्ट लागेर घाइते भई गाडीमै लडेका अमृतलाई छोएका विकासलाई करेन्टले समात्यो र उनको त्यहीँ मृत्यु भयो । जिल्ला प्रहरी प्रमुख श्रेष्ठले घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक मोहन पोखरेलको टोली घटनास्थलतर्फ परिचालित भएको जानकारी दिए ।

प्रकाशित मिति: साउन ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend