धरानः धरानबाट बाल यौन दुव्र्यवहारको आरोपमा एक युवा पक्राउ परेका छन् ।
धरान–१७ का २० वर्षीय सुशन कालिकोटे भन्ने सुरेश विश्वकर्मा पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
गत १० गते धरान–१७ क्षितिज टोलस्थितमा रहेको श्री माध्यमिक विद्यालयनजिक एकान्त स्थानमा पारी उनले बालिकालाई यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । धरान–१७ क्षितिज टोल बस्ने वर्ष १० वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाका बाबु दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।