Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समाचार प्रभावः ५७ वर्षपछि बल्ल भत्ता

हाम्रो कोशी आवाज
साउन १४ २०७७, बुधबार
समाचार प्रभावः ५७ वर्षपछि बल्ल भत्ता

ताप्लेजुङः सायद पहिलो दिन हुन सक्छ, सरस्वता वनेमको जीवनमा खुशीको किरणले छाएको । ५७ वर्षपछि पहिलोपटक भत्ता हात पर्दा उनमा खुशीको सीमा रहेन ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्वर १ ढुंगेसाँघु निवासी उनले हाम्रो कोशी आवाज डटकममा ‘५७ वर्षमा पनि हात परेन भत्ता, कसले खाँदैछ सरस्वता वनेमको भत्ता ?’ शीर्षकमा समाचार प्रकाशित भएपछि सम्बन्धित ठाउँमा आवाज पुगेपछि भत्ता हात पारेकी हुन् ।
वनेम न बोल्न सक्छिन् र न राम्ररी हिँडन नै । उनी कान समेत सुन्दिनन् । उनले सोचेकी थिएनन् राज्यबाट प्राप्त सेवावापतको भत्ता प्राप्त हुन्छ भनेर तर वनेमको भत्ताको विषयमा गत बिहीबार समाचार प्रकाशित भएपछि मैवाखोला गाउँपालिका वडा नम्बर १ का सचिव सुवर्ण ढकालले सचिवको कोठामै बोलाएर गत आइतबार चार महिनाको पहिलो भत्ताको १६ सयको दरले ६ हजार ४ सय रुपैयाँ प्रदान गरेको वनेमकी आफन्त बचनकुमारी लिम्बूले जानकारी दिइन् ।
यतिका दिनसम्म निकै दुःख गरेर जीविका चाल्यौ बिरामी हुदा समेत औषधि उपचार गर्न आर्थिक अभाव हुन्थ्यो तर अहिले आर्थिक सहायता मिलेको आफन्त लिम्बूले बताइन् । ‘५७ वर्ष पुग्दापनि राज्यले नदेखेको जस्तो लागेको थियो तर आजदेखि नियमित महिनाको एक हजार ६ सयको दरले मासिक भत्ता पाउँदा बल्ल स्थानीय सरकार भएको अनुभूति भएको छ’, बचनकुमारी गर्वका साथ भन्छिन् ।

प्रकाशित मिति: साउन १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend