धरानः मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका एक व्यक्ति धरानबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–११ ठाडो सोलिङ बस्ने वर्ष ३९ को पुष्प परियार रहेका छन् । काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
उनलाई प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौको समन्वयमा पक्राउ गरी प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौ पठाइएको उनले जानकारी दिए । उनीमाथि युवतीले उजुरी हालेको प्रहरीले जनाएको छ ।