Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब विद्यालयमा क्वारेन्टिन, आइसोलेसन नहुने, शिक्षक अविलम्व विद्यालय पुग्ने व्यवस्था मिलाउने निर्णय

हाम्रो कोशी आवाज
साउन १५ २०७७, बिहिबार
अब विद्यालयमा क्वारेन्टिन, आइसोलेसन नहुने, शिक्षक अविलम्व विद्यालय पुग्ने व्यवस्था मिलाउने निर्णय

धरानः अब विद्यालयमा क्वरेण्टीन बनाउन नपाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले विद्यालय भवन र परिसरमा क्वारेण्टीन र आइसोलेसन बनाउन नपाउने निर्णय गरेको हो ।
यसअघि क्वरेण्टीन र आइसोलेन बनाएका विद्यालयलाई सम्बन्धित पालिकाले पूर्णरुपमा निर्मलीकरण गर्नै पर्ने पनि निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।
भदौ १ गतेदेखि भर्ना खोल्ने निर्णय भने यसअघिको बैठकले गरेको थियो । विद्यालय, विद्यालय परिसरभित्र र विद्यार्थी आवगमनमा प्रतिकूल पर्ने वा विद्यालय क्षेत्र निकट हुने गरी कोभिड १९ र रोकथाम र नियन्त्रणसम्बन्धी कुनै पनि संरचना नबनाउने र गतिविधि नगर्ने पनि सरकारको निर्णय छ ।
प्रवक्ता खतिवडाले शैक्षिक सत्र २०७६–७७ का परीक्षाको बाँकी नतिजा प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, पाठ्यपुस्तक उपलब्ध गराउने, कक्षागत विद्यार्थीको संख्या एकीन गर्ने र विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चलानार्थ शिक्षकहरु अविलम्व विद्यालय पुग्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए ।

प्रकाशित मिति: साउन १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend