धरानः आज (मङ्गलबार) आउने भनिएको एसइई नतिजा नआउने भएको छ ।
सार्वजनिक बिदा परेकाले एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशित नहुने भएको छ । परीक्षा बोर्डले आजै नतिजा ल्याउने गरी तयारी थालेको थियो । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक महेश्वर शर्माले भोलि बोर्ड बैठक बस्ने र कहिले प्रकाशित हुनेछ निर्णय हुने बताए ।
उनका अनुसार बुधबार बोर्ड बैठक बस्ने कार्यतालिका छ । बैठकको निर्णयले भोलि बेलुका वा बिहीबारसम्म नतिजा प्रकाशित हुने सम्भावना बढी छ । यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ ।