Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा साउन २८ गतेसम्म लकडाउन

हाम्रो कोशी आवाज
साउन २१ २०७७, बुधबार
धरानमा साउन २८ गतेसम्म लकडाउन

धरानः अन्ततः धरानमा सातदिनको लकडाउन गरिने भएको छ ।
बुधबार बिहान बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । ‘आज बसेको कार्यपालिका बैठकले आज मध्यराति १२ बजेदेखि लकडाउन शुरु गर्ने निर्णय गरेको छ ।’ वडा नं. ९ का वडाध्यक्ष रत्न कटुवालले भने, ‘औषधि पसलबाहेक सबै बन्द रहनेछन् ।’
लकडाउन अवधिमा औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारी साधनहरू धरानमा बन्द रहनेछन् । धरानमा कोरोना संक्रमितको ग्राफ बढ्दो छ । ग्राफ बढ्दै गएपछि समुदायमा पनि कोरोना संक्रमण भएको हो कि भन्ने आशंका समेत गरिएको छ । ‘संख्या बढेपछि यस्तो निर्णय गरिएको हो’, उनले भने, ‘अवस्था कस्तो हुन्छ, साता दिन हेरेर फेरि अर्को निर्णय हुन्छ ।’

प्रकाशित मिति: साउन २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend