Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विद्युत प्राधिकरणको बेवास्ताले आगो लाग्दा घर खरानीः पीडित

हाम्रो कोशी आवाज
साउन २१ २०७७, बुधबार
धरानको विद्युत प्राधिकरणको बेवास्ताले आगो लाग्दा घर खरानीः पीडित

धरानः विद्युत प्राधिकरणको बेवास्ताका कारण धरान–१३ शिवधारास्थित भुपेन्द्र देवानको घर जलेर खरानी भएको छ ।
‘विद्युत्मा समस्या थियो, विद्युत् प्राधिकरणलाई पटक–पटक विद्युत् बनाउन आग्रह गरेका थियौं’, देवानले भने, ‘बेवास्ताले समयमा आएर बत्ती नबनाइदिँदा मैनबत्ती बाल्नुपर्ने भयो, मैनबत्तीदेखि नै आगो सल्किएर भएको सानो घरमा क्षति पुग्यो ।’
आगोले सबै कागजपत्र जलेर नष्ट भएको उनले जानकारी दिए । आगलागीबाट ५ लाखको क्षति भएको उनले जानकारी दिए । यता युवासंघ राष्ट्रिय नेपाल र अनेरास्ववियुले छलफल राखेर सहयोग गर्ने प्रतिबद्धता जनाएको नेकपा धरान–३ का सचिव मिङमा भोटेले जानकारी दिए । अहिले सहयोग संकलन र श्रमदान गर्न थालिएको उनले जानकारी दिए ।
यसैबीच आगलागीपीडितलाई इटहरी निवासी छोजुङ भोटेले ५ हजार, धरान–१५ निवासी सुमन श्रेष्ठले ५ हजार सहयोग गरिसकेका छन् ।

प्रकाशित मिति: साउन २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend