धरानः सुनसरीको धरान उपमहानगरपालिका–१६ का ६५ वर्षीय एक वृद्धको करेन्ट लागेर मृत्यु भएको छ ।
स्थानीय केशरबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार घरमा मोबाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते बनेका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्दञ् बस्नेले जानकारी दिए ।
उपचारको लागि बीपी प्रतिष्ठान लगिएको र उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।