धरानः धरानमा एक युवतीको मृत्यु भएको छ ।
धरान १ की पूजा चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । स्थानीयबासी मुकेश चौधरीका अनुसार झुन्डिएर आत्महत्या प्रयास गरेकी युवतीको बीपी प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पोष्टमार्टम रिपोर्ट र उजुरी आएपछि सबै कुरा पत्ता लाग्ने बताए । ‘झुन्डिएर हो वा होइन अनुसन्धान भइरहेको छ’, उनले भने, ‘झुन्डिएको भनेर स्थानीयबासीले भनेको र डोरी काटेर अस्पताल पुरयाएको र उपचारको क्रममा मृत्यु भएको भन्ने खुल्नमा आएको छ ।’