Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा ६६ जना कोरोना संक्रमित आइसियु उपचार गराउँदै, २४० आइसियु थप्ने तयारी

हाम्रो कोशी आवाज
साउन २३ २०७७, शुक्रबार
नेपालमा ६६ जना कोरोना संक्रमित आइसियु उपचार गराउँदै, २४० आइसियु थप्ने तयारी

धरानः नेपालमा लक्षणसहितका कोरोना संक्रमित थपिन थालेका छन् । लकडाउन अन्त्य भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ। संक्रमितको संख्यासँगै नेपालमा लक्षणसहितका र आइसियु चाहिने संक्रमितको संख्या पनि बढ्दै गएको छ। यसैक्रममा देशभरमा ६६ जना संक्रमितले आइसियुमा उपचार गराइरहनुपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले थप २४० आईसीयू थप्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले जानकारी दिए । मन्त्रालयले केहीदिनदेखि संक्रमितको उपचार आईसीयू र भेन्टिलेटरमा राखेर गर्नुपर्ने अवस्था आएको जनाएको छ । ‘देशरभका ६६ जना संक्रमित आईसीयूमा रहेका छन् भने तीन जनाको भेन्टिलेटमा उपचार गराइरहनुभएको परेको छ ।’ उनले भने ।
उनले विदेशबाट फर्किएका मात्रै होइनन् पछिल्लो समय समुदायस्तरमा समेत संक्रमण देखिएको बताए । लकडाउन खुलेसँगै समुदायस्तरमा समेत संक्रमण देखिन थालेको उनको भनाइ छ । देशभर कोरोना संक्रमितको उपचार लागि १ हजार ७०२ आइसियु र ९०० भेन्टिलेटरको व्यवस्था रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा लेबल १ अस्पतालका लागि १० आइसियु बेड र १० वटा भेन्टिलेटर छुट्याइएको छ। त्यसका लागि पाँच जना क्रिटिकल केयर तालिम प्राप्त कर्मचारीको व्यवस्था गरिएको छ।

प्रकाशित मिति: साउन २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend