धरानः झापाका दिलीप खत्री धरानमा मृत फेला परेका छन् ।
धरान–११ स्थित नौलो बस्तीमा बसोबास गर्दै आएका उनी सानिमाको बस्दै आएको खुल्न आएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
‘स्थानीयका अनुसार उनी सधैं जाँडरक्सी सेवन गर्दै आएको भन्ने बुझिएको छ’, उनले भने, ‘उनको शव नौलो बस्ती नजिकै सर्दुखोलामा घोप्टो परेको अवस्थामा भेटिएको छ ।’
मुचुल्का उठाई शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको उनले जानकारी दिए । उनको शवमा कुनै चोटपटक नदेखिएकोले जाँडरक्सी सेवनबाटै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘जाँडरक्सी सेवनबाटै उनी डुबेर मृत्यु भएको हुनसक्छ, घटनाबारे थप अनुन्धान भइरहेको छ’, उनले भने ।