धनकुटाः धनकुटाको चौबिसे-५ मा एक युवा तमोर नदीमा बेपत्ता भएका छन् ।
स्थानीय महेन्द्र याखा सोमबार दिउँसोदेखि नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । वडाध्यक्ष पदमकुमार देवानकी आमाको मलामी गएका उनी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिए ।
सुरक्षाकर्मी र स्थानीयले सोमबार दिउँसोदेखि नै याखाको खोजी गरिरहे पनि फेला पार्न नसकिएको एसपी अधिकारीले बताए । स्थानीय उत्तरबहादुर याख्खाको छोरा महेन्द्र याखालाई नुहाउने क्रममा नदीले बगाएर बेपत्ता भएका उनको अहिले पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
तमोर नदीले याखालाई बगाएपछि अस्थायी प्रहरी पोस्ट मौनाबुधुक, मुलघाट प्रहरी चौकी, सशस्त्र प्रहरी बल बेस क्याम्प मूलघाट र स्थानीयवासीले खोजी गरिरहेका छन् । याख्खालाई चौबिसे–५ त्रिवेणीघाटबाट नदीले बगाएपछि साँगुरीगढीको याक्चना घाट, मूलघाट लगायतका ठाँउमा खोजीको लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।