Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एक संक्रमित थपिए

हाम्रो कोशी आवाज
साउन २९ २०७७, बिहिबार
धरानमा एक संक्रमित थपिए

धरानः धरानमा एकजना कोरोना संक्रमित थपिएका छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार बिहीबार एकजना संक्रमित थपिएका हुन् । उनी धरान–९ को जनप्रतिनिधि रहेको खुलेको उनले जानकारी दिए । उनमा ज्वरो आएपछि स्वाब लिइएको उनले जानकारी दिए । धरान–१५ ठेगाना लेखिएका धरान–९ को जनप्रतिनिधि तर १६ मा बसोबास गर्ने रहेको उनले जानकारी दिए ।
उनी २४ वर्षीया महिला हुन् । योसँगै धरानमा कोरोना संक्रमितको संख्या ६२ जना पुगेको छ । योसँगै धरानमा ‘ट्राभल हिस्ट्री’ नभएका संक्रमितको संख्या २७ जना पुगेको छ । अन्य संक्रमित ‘ट्राभल हिस्ट्री’ भएका हुन् । उनीहरू भारत तथा तेस्रो मुलुकबाट आएका हुन् ।
६२ जनामध्ये ४० अहिले निको भएर घर फिरेका छन् । २२ जना अहिले उपचाररत रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: साउन २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend