Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहको वार्षिकोत्सवमा ग्राहकलाई दिइने उपहार महामारीपछि, दैनिक उपभोग्य सामग्रीमा विशेष छुट

हाम्रो कोशी आवाज
भाद्र ५ २०७७, शुक्रबार
बराहको वार्षिकोत्सवमा ग्राहकलाई दिइने उपहार महामारीपछि, दैनिक उपभोग्य सामग्रीमा विशेष छुट

धरानः धरानस्थित प्रतिष्ठित व्यवसायिक संस्थाले बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि (बराह ग्रुप) को २६ औं वार्षिकोत्सव मास्क, सेनिटाइजरलगायतका सामग्री वितरण गर्दै सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्यता तथा उपमेयर मन्जु भण्डारी सुवेदीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख, सशस्त्रका प्रहरी प्रमुखलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै मेयर राईले बराहले व्यवसायसँगसँगै सामाजिक कार्यमा बराह अगाडि रहेको बताए ।
‘धरानको बैंकको मात्रै कुरा गर्ने हो भने उनीहरू नाफा मात्रै कमाउने गरेको तर सामाजिक उत्तरदायित्व पुरा गरेका छैनन्’, उनले भने, ‘तर बराहले व्यवसायसँगै सामाजिक उत्तरदायित्व पुर्णरुपमा पुरा गरेको छ ।’ उनले बराहजस्तै अन्य व्यवसायिक संस्था अर्थात नाफा कमाउने संस्थाले धरानप्रतिको उत्तरदायित्व बहन गर्नुपर्ने बताए । कार्यक्रममा संस्थाका सञ्चालक मानबहादुर विश्वकर्मा दियाली, प्रशासकीय प्रमुख गंगा कालिकोटे, सञ्चालक सौराज लामिछानेलगायतले उपस्थित प्रमुख अतिथि, अतिथिलगायतलाई मायाको चिनो प्रदान गरेका थिए ।
यसैबीच व्यवसायिक प्रतिष्ठानबाट सेवा दिइरहेको बराहले दैनिक उपभोग्य सामग्रीमा विशेष छुटको व्यवस्था गरिएको जनाएको छ । बराह ग्रुपका सञ्चालक मानबहादुर विश्वकर्मा दियालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस विषम परिस्थितिमा पनि हामीले सरकारको अनुमतिमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ होम डेलिभरी सेवा दिएका छौं, त्यसैले विशेषतः दैनिक उपभोग्य सामग्रीहरूमा समेत विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौं ।’
यस्तै, बराह डिपार्टमेन्ट स्टोरमार्फत वितरण गरिने ०७६–७७ को बराह उपहार तथा एकजना भाग्यशाली ग्राहकलाई विजयपुर ट्रेडर्सबाट प्रायोजित एफजेडआर १५० सिसीको मोटरसाइकल सहज भएपछि प्रदान गरिने जानकारी दिइयो । यसअघि बराहले वार्षिकोत्सवमा रक्तदान, परम्परागत गहनाको प्रदर्शनी, कृषि प्रदर्शनी, ज्वेलरी शो लगायत, ग्राहकलाई सम्मान, पुरस्कार, पत्रकारलाई सम्मान, भाग्यशाली ग्राहकलाई स्कुटी प्रदानलगायतको कार्य गर्दै आएको र यसपटक महामारीले सम्भव नभएपनि पछि प्रदान गरिने जानकारी दिइयो ।
‘बराहले सावधानी अपनाउ, आफू बचौं, अरुलाई बचाऔं, सकारात्मक सोंच राखे कोरोना ठीक हुनेछ, बराहको २६ औं वार्षिकोत्सवको सुखद् उपलक्ष्यमा हामीलाई अपार माया, विश्वास गर्नुहुने सम्पूर्ण ग्राहक, शेयर सदस्य, शुभचिन्तक महानुभावहरूप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
सामाजिक कार्यअन्तर्गत मास्क, सेनिटाइजर वितरण
२६ औं वार्षिकोत्सव मनाउन नसकिएको र स्वास्थ्य, सुरक्षा तथा सञ्चार क्षेत्रमा कार्यरतलाई स्वास्थ्य सामग्री (मास्क, सेनिटाइजर र ग्लोब्स) वितरण गरिएको बराह ग्रपका सञ्चालक मानबहादुरले जानकारी दिए । २६ औं वार्षिकोत्सवको अवसरमा इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, कोभिड १९ अस्पताल धरान, नेपाल पत्रकार महासंघ सुनसरीलाई १२६ पिस मास्क, १५२६ पिस पञ्जा, ५२६ पिस सेनिटाइजर वितरण गरिएको उनले जानकारी दिए । ०५२ सालमा स्थापित बराहले तीन हजार बढीलाई रोजगारी दिँदै सामाजिक कार्यमा समेत सामेल हुँदै आएको छ ।

 

प्रकाशित मिति: भाद्र ५ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend