धरानः धरान–१५ मा मृत्युपछि स्वाब लिइएका एक ७१ वर्षीय वृद्धको नेगेटिभ रिपोर्ट आएको छ ।
उनमा कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाले कोरोना आशंकामा उनको स्वाब लिएर पिसिआर परीक्षण गरिएको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले उनको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
स्थानीयबासीको आग्रहमा उनको स्वाब परीक्षण गरिएको थियो । मृतक र उनका आफन्त कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेको हुनाले स्वाब लिइएको बताइएको छ । उनको अचानक मृत्यु भएपछि स्वाब लिएको थियो । उनी धरान–८ को सिद्धकाली चौकमा बस्दै आएका थिए । उनी केही दिन अघिदेखि बिरामी थिए । सोही क्रममा उनको मृत्यु भएको थियो ।