Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विजयपुर हस्पिटलका रेडियोग्राफरमा पनि कोरोना पुष्टि, बीपीमा थप दुईजनामा कोरोना पुष्टि

हाम्रो कोशी आवाज
भाद्र ६ २०७७, शनिबार
विजयपुर हस्पिटलका रेडियोग्राफरमा पनि कोरोना पुष्टि, बीपीमा थप दुईजनामा कोरोना पुष्टि

धरानः धरानस्थित विजयपुर हस्पिटलमा कार्यरत रेडियोग्राफरमा संक्रमण देखिएको छ ।
आज (शनिबार) धरानमा पुष्टि भएका चारजनामध्ये उनी पनि एक हुन् । धरान–१७ मा डेरा गरी बस्ने उनमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । उनले धरान–८ का कोरोना पुष्टि भएका हार्डवेयर व्यवसायीको एक्सरे गरेको खुल्न आएको उनले जानकारी दिए ।
‘खासमा उनले कोरोना पुष्टि भएका धरान–८ हार्डवेयर व्यवसायीको एक्सरेसम्म गरेको पाइयो, उनमा ज्वरो पनि आएको थियो, ज्वरो आएपछि परीक्षण गर्दा नै उनले कोरोना पुष्टि भएको हार्डवेयर व्यवसायीको एक्सरे गरेको बताएका थिए तर उनबाट हो वा अन्यबाट सरेको हो थाहा हुन सकेको छैन ।’ उनले भने ।
उता बीपी प्रतिष्ठानमा पनि थप दुईजनामा कोरोना पुष्टि भएको छ । उनीहरू धरानका होइनन । बीपीको कोभिड–१९ अस्पतालमा उपचारत १९ वर्षीया महिला, सर्जरी वार्डमा उपचारका लागि आएका बिरामीका आफन्त सिरहा घर भएका २४ वर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र ६ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend