धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान–१५ का ६७ वर्षीया एक वृद्धको मृत्यु भएको हो । प्रवक्ता डाक्टर निदेश सापकोटाले बुधबार बुधबार १२ः१५ बजे उनको निधन भएको जानकारी दिए । उनका अनुसार मृतक पुरुषमामा उच्च रक्तचापको समस्या थियो । उनमा श्वासप्रश्वासमा समस्या, अत्यन्तै खोकी लाग्ने, ज्वरो आउने गरेको उनले जानकारी दिए ।
धरानस्थित एन्फा क्वारेन्टाइनमा गत साउन २७ गते स्वाब लिँदा उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनी गत साउन २७ गते नै अस्पताल भर्ना भएको उनले जानकारी गराए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षणमा उनको पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए । योसँगै प्रतिष्ठानमै मृत्यु हुनेको संख्या १० जना पुगेको छ । धरानमा मृत्यु हुनेको संख्या भने दुईजनामा पुगेको छ ।
जसलाई प्लाज्मा थेरापी समेत गरिएको थियो
बीपीसहित देशभरका १२ वटा अस्पताललाई कोरोना संक्रमितहरूलाई प्लाज्मा थेरापीबाट उपचार गर्न सरकारले अनुमति दिएपछि धरानमा पनि उनको प्लाज्मा थेरापीबाट उपचार थालिएको थियो ।
संक्रमणबाट निको भइसकेका संक्रमितको रगत लिएर सेल र कोषिका अलग गरेपछि बाँकी रहेको तरल पदार्थ प्लाज्मा भनिन्छ । सो प्लाज्मामा भाइरस विरूद्ध शरीरले उत्पादन गर्ने क्षमता हुने गर्दछ । रगत समूह मिल्ने रोगप्रति रोधात्मक क्षमता उत्पादन गर्न नसकिरहेका बिरामीहरूलाई प्लाज्मा दिँदा सो व्यक्ति भाइरसविरूद्ध लड्न निको भएका व्यक्तिको प्रतिरोधात्मक क्षमताले काम गर्ने चिकित्सकले बताएका छन् । उनी प्लाज्मा लिने दोस्रो व्यक्ति रहेको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।
नेपालमा पहिलोपटक काठमाडौको शिक्षण अस्पतालमा विराटनगरको विराट नर्सिङहोमका सञ्चालक डा.ज्ञानेन्द्रमान कार्कीलाई यो विधिबाट उपचार गरिएको थियो । उनी अहिले कोरोनामुक्त भइसकेका छन् । प्लाज्मा लिने दोस्रो व्यक्ति हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । –सम्पादक