Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रसियाले बनायो दोस्रो कोरोना भ्याक्सिन, अक्टोबरसम्म बजारमा तयारी

हाम्रो कोशी आवाज
भाद्र ७ २०७७, आइतबार
रसियाले बनायो दोस्रो कोरोना भ्याक्सिन, अक्टोबरसम्म बजारमा तयारी

धरानः संसारभर नै कोरोना भाइरसको नियनत्रणका लागि खोप बनाउने प्रतिस्पर्धा चलिरहेको छ । अमेरिका, चीन, बेलायत जस्ता मुलुकले आफूहरुको खोप अन्तिम चरणमा पुगिसकेको बताएका छन् ।
तर रसियाले भने केही दिन पहिले नै आफूहरुको खोप तयार भएको तथ्य सार्वजनिक गरयो । उसले सोभियतकालीन चन्द्रयानको नामसँग जोडेर आफ्नो भ्याक्सिन तयार भएको बतायो । रुसको सो घोषणालगत्तै विश्वव्यापीरुपमा नै सुनको कारोबारमा समेत एकाएक गिरावट आयो ।
यसैक्रममा रुसले दोस्रो खोप समेत तयार भएको दाबी गरेको छ । गत ११ अगष्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो भ्याक्सिन घोषणा गरेका थिए । त्यसको ११ दिनपछि रुसले कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन तयार गरेको अर्को दावी सार्वजनिक गरेको छ ।
कोरोनाविरुद्धको भ्याक्सिन तयार भएको बताउने रुस पहिलो देश भएको छ । रुसको दावीलाई अमेरिकालगायत पश्चिमाहरुले भने हतारको काम लतार जस्तै भएको भन्दै अविश्वसनीय रहेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले समेत रुसको दाबीलाई पत्याएको छैन । तेस्रो चरणको परीक्षण हुनु अगावै हतारमा हल्ला गरिएको उसको भनाइ छ । फिलिपिन्स तथा मेक्सिकोका राष्ट्रपतिले रुसले तयार पारेको खोप लगाउन आफूहरु तयार रहेको बताइसकेका छन् । रुसले देशभित्र उक्त भ्याक्सिन प्रयोगको अनुमति पनि दिएको छ ।
अब रुसले दोस्रो भ्याक्सिन तयार गरेको दावी गरेको डेलिमेलले जनाएको छ । डेलिमेलले लामो विवरणसहितको समाचार सामग्री प्रकाशित गर्दै भनेको छ रुसले दोस्रो खोप वा भ्याक्सिन तयार पारेको छ । उसले समाचारमा जनाएको छ, ‘दोस्रो भ्याक्सिनमा कुनै पनि साइड इफेक्ट नभएको रुसी दावी छ । दोस्रो भ्याक्सिनको निर्माण साइबेरियाको संसारकै प्रख्यात बायोलोजिकल इन्स्टिच्युटमा गरेको हो । यो गोप्य रिसर्च सेन्टरको रुपमा रहेको छ ।’
दोस्रो भ्याक्सिन लगाएका व्यक्तिमा कुनै पनि प्रकारको साइड इफेक्ट देखिएको छैन । भ्याक्सिन प्रयोग गरेका व्यक्ति स्वस्थ रहेको बताइएको छ । समाचारमा जनाइएअनुसार दोस्रो भ्याक्सिन पनि दुई डोज दिनुपर्ने रुसी अधिकारीले बताएका छन् । आगामी अक्टोबरसम्म सो भ्याक्सिनलाई बजारमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि खोपको उत्पादन समेत शुरु गरिएको जनाइएको छ ।
भेक्टर स्टेट रिसर्च सेन्टर अफ बायोलोजी एण्ड बायोटेक्नोलोजीमा कोरोनाविरुद्धका १३ भ्याक्सिनमा काम भइरहेको जनाइएको छ । प्रयोगशालामा विभिन्न जनावरमा ती भ्याक्सिनको प्रयोग भइरहेको छ ।

प्रकाशित मिति: भाद्र ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend