Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा पनि कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणको स्वीकृति

हाम्रो कोशी आवाज
भाद्र ७ २०७७, आइतबार
नेपालमा पनि कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणको स्वीकृति

धरानः नेपालमा पनि कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणको स्वीकृति दिइएको छ ।
अन्य कम्पनीले यहाँ चासो दिन थालेपछि नेपालमा स्वीकृति दिइएको हो । कोरोना भाइरसविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ । चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्वीकृति दिएको हो ।
कोरोना भाइरसविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ । चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्वीकृति दिएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले भ्याक्सिनको परीक्षण नेपालमा पनि गर्न चीन, रुस र बेलायतको भ्याक्सिन कम्पनीहरु इच्छुक रहेकाले त्यसको प्रक्रिया अगाडि बढाइएको खुलासा गरे ।
डाक्टर ज्ञवालीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा भने, ‘क्लिनिकल ट्रायलको तेस्रो चरणमा रहेका चीन, रुस र युकेको अक्सफोर्ड भ्याक्सिन उत्पादक कम्पनीहरुले नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्न इच्छा देखाएकाले प्रक्रिया बढाइएको छ ।’ उनले भ्याक्सिनको परीक्षणका लागि स्वास्थ्य मन्त्रालयको स्वीकृती लिई परिषद्ले तत्परता देखाएको समेत बताए ।
डाक्टर ज्ञवालीले रेम्सेडिभिर कम्पनीको औषधी नेपालमा प्रयोग शुरु गरिएको समेत जानकारी दिए । औषधी व्यवस्था विभागबाट स्वीकृत प्राप्त गरी कोभिड रोकथाम तथा उपचारका लागि प्रयोग भएका अस्पतालहरुमा रिसर्च प्रोटोकल र गाइटलाइनबाट प्रयोग गरिने जानकारी दिए । उनले आफूखुशी प्रयोग र बिक्रीवितरण भने गर्न नपाइने बताए ।

प्रकाशित मिति: भाद्र ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend