धरानः धरानमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान–१७ का आमाछोरीसहित तीनजनामा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । धरान–१७ घर भएका ३५ वर्षीय आमासहित १४ वर्षीय छोरीमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।
यस्तै, धरान-१३ का ठेगाना भएपनि १६ नं. वडामा जोरसखुवामा डेरा गरी बस्ने मोरङको केराबारी घर भएका २३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए । ती पुरुष भारतीय आर्मी हुन् । गत ४ गते एन्फा आएर परीक्षण गराएका थिए । यस्तै, कन्टयाक्ट ट्रेसिङबिनाका ती आमाछोरी दुवैलाई ज्वरो आएको र आफै एन्फा क्वारेन्टाइन पुगेर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए । योसँगै धरानमा कोरोना संक्रमितको संख्या १०३ जना पुगेको उनले जानकारी दिए ।