Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रको पटनाली खोलाको पुलमा स्कुटीसहित धरानका पुरुष मृत भेटिए, शव बीपी ल्याइयो

हाम्रो कोशी आवाज
भाद्र ८ २०७७, सोमबार
बराहक्षेत्रको पटनाली खोलाको पुलमा स्कुटीसहित धरानका पुरुष मृत भेटिए, शव बीपी ल्याइयो

धरानः सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ पटनाली खोलाको पुलमा एक पुरुषको शव फेला परेको छ ।
कालो रंगको टि–सर्ट र खैरो रंगको हाफपेन्ट र रातो रंगको चप्पल लगाएको करिब ४० वर्ष उमेरको जस्तो देखिने ती पुरुषको शव आज (सोमबार) बिहान ५ बजे भेटिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाडण्व राजवंशीले जानकारी दिए । उनी धरान–१३ जिरोप्वाइन्टका जनककुमार राई भएको उनले जानकारी दिए ।
शवसँगै खोलाको पुल माथि को३६प ४०२३ नम्बर भएको सुजुकी कम्पनीको रातो रंगको स्कुटी समेत बेवारिसे अवस्थामा भेटिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए । बेवारिशे भेटिएका शवको मुचुल्का गरी शव पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको राजवंशीले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend