धरानः धरानकी राष्ट्रिय नायिका नायिक रेखा लिम्बूलाई बदनाम गर्ने कुचेष्टा गर्दै अश्लील भिडियो निकालेको भन्दै चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ ले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ ।
केही समय अगाडिदेखि नायिका लिम्बूसँग जोडेर भिडियो म्यासेज बक्सलगायत अन्यतिर सार्वजनिक गर्दै बदनाम गर्ने प्रयास भएकोले सबै चलचित्रकर्मी जुटेर विज्ञप्ति जारी गरिएको चलचित्रकर्मी महासंघ, प्रदेश न १ का अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए । ‘उनको नाम लिँदै म्यासेज वा अन्यतिर फरवार्ड गरेर भाइरल गर्ने कोसिस गरिएको पाइयो’, उनले फोन सम्पर्कमा भने, ‘त्यसपछि कानुनी उपचार खोज्दै विज्ञप्तिसमेत जारी गर्ने काम भएको हो ।’
भाइरल भएको अश्लील भिडियोमा नायिका तथा मोडल लिम्बूको नाम जोडाएर सोसियल मिडियामा प्रचार प्रसार गरिएको उनले बताए । ‘यस्तो कार्यप्रति चलचित्रकर्मीहरु को गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त अश्लील भिडियोमा देखिएको ब्यक्ति रेखा नभएको कुरा हामी पुनः स्पष्ट पार्न चाहन्छौ ।’
सोसल मिडियाको दुरुपयोग गर्दै चरित्रहत्या गर्ने कोसिस गरिएको चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ का वरिष्ठ सल्लाहकार प्रेम सुब्बाले बताए । ‘२०७७–०४–०२ गते उजुरी पनि गरिसकेका छौं र इप्रका धरानबाट यस्तो कार्य गर्ने अपराधीलाई छिटोभन्दा छिटो पत्ता लगाई साइबर कानुन अन्तरगत कारबाही गरिने ब्यहोरा पनि जानकारी गराइएको छ । यसप्रकारले अरु कसैको भिडियोमा कसैको पनि नाम जोडिएर प्रचार प्रसार गरिनु एकदमै निन्दनीय कार्य भएकोले गर्दा आदरणीय सम्पुर्ण ब्यक्तित्वहरुलाई यस्तो कार्यमा सहभागी नभई दिनहुन हार्दिक अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
चलचित्रकर्मी महासंघ , प्रदेश न १,
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार महोदय नमस्कार,
केही समय अगाडी भाइरल भएको अश्लील भिडियोमा नायिका तथा मोडल रेखा लिम्बुको नाम जोडिएर सोसियल मिडियामा प्रचार प्रसार गरिएको कुरा प्रती हामी प्रदेश न १ का चलचित्रकर्मीहरु को गम्भीर ध्यान आकर्षण भएको छ । यो बिषयमा हामिले मिति २०७७–३–२९ गते नै आफ्नो धारणा सहितको विज्ञप्ति निकालिसकेका छौ । उक्त अश्लील भिडियोमा देखिएको ब्यक्ती रेखा लिम्बु नभएको कुरा हामी पुन स्पष्ट पार्न चाहन्छौ ।
हामीले यो विषयमा इलाका प्रहरी कार्यालय धरानमा साईबर कानुन अन्तर्गत मिति २०७७–०४–०२ गते उजुरी पनि गरि सकेका छौ र इप्रका धरानबाट यस्तो कार्य गर्ने अपराधीलाई छिटोभन्दा छिटो पत्ता लगाई साईबर कानुन अन्तरगत कारबाही गरिने ब्यहोरा पनि जानकारी गराइएको छ । यसप्रकारले अरु कसैको भिडियोमा कसैको पनि नाम जोडिएर प्रचार प्रसार गरिनु एकदमै निन्दनीय कार्य भएकोले गर्दा आदरणीय सम्पुर्ण ब्यक्तित्वहरुलाई यस्तो कार्यमा सहभागी नभई दिनहुन हार्दिक अनुरोध गर्दछौ । सोसल मिडियाको दुरुपयोग गर्दै यसप्रकारले कसैको पनि चरित्रहत्या गर्नेहरु विरुद्ध हामी सम्पुर्ण प्रदेश न १ का चलचित्रकर्मीहरु एकबद्ध भएर लाग्ने जानकारी पनि गराउदछौ । अहिलेको यस विषम परिस्थितिमा हामिले सम्पुर्ण चलचित्रकर्मीहरु लगायत बिभिन्न सरोकारवाला संस्थाहरु संग भर्चुअल छलफल गरि यो बिज्ञप्ति जारी गरेका छौ । आदरणीय पत्रकार महोदय ज्युहरु लाई पनि यस्ता गलत कार्य गर्ने ब्यक्ति , समुहहरु लाई दुरुत्साहन गर्ने गरि कलम चलाईदिनहुन पनि हार्दिक अनुरोध गर्दछौ । धन्यवाद ।
अरुण कुमार प्रधान (अध्यक्ष) चलचित्रकर्मी महासंघ, प्रदेश न १,
प्रेम सुब्बा (ब.सल्लाहकार ) चलचित्रकर्मी महासंघ, प्रदेश न १,
परशुराम चौधरी (केन्द्रिय अध्यक्ष) थारु चलचित्र तथा संस्कृतिक संघ,
नानीचन्द्र सिङ्गक ( अध्यक्ष ) सिङ्गक समाज हङकङ , ( पूर्व अध्यक्ष ) धरान हङकङ मंच,
किशोर सम्बाहाम्फे ( ब.सल्लाहकार ) चलचित्रकर्मी महासंघ , प्रदेश न १,
केशव श्रेष्ठ (अध्यक्ष ) शारीरिक सुगठन प्रदेश नम्बर १)
निरज ब्लाक (अध्यक्ष) मोरंग चलचित्रकर्मी संघ,
रविन श्रेष्ठ , (कोषाध्यक्ष) सुनसरी चलचित्रकर्मी संघ,
दिनेश कोईराला (अध्यक्ष) चलचित्र कलाकार संघ, प्रदेश १,
मिना सिङ्गक (अध्यक्ष) याक्थुङ सिङ्गक फाउन्डेसन,
विश्व लिम्बु (अध्यक्ष) याक्थुङ युथ एसोसिएस