Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा पनि मानिसलाई लगाएर कोरोना खोपको परीक्षण

हाम्रो कोशी आवाज
भाद्र ९ २०७७, मंगलबार
नेपालमा पनि मानिसलाई लगाएर कोरोना खोपको परीक्षण

धरानः नेपालमा पनि मानिसलाई नै लगाएर कोरोना खोपको परीक्षण गर्न लागिएको छ ।
विभिन्न देशमा बनेका कोरोना भाइरसविरुद्धका खोप नेपालमा पनि मानिसलाई लगाएर परीक्षण सुरु गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्वमा अहिलेसम्म बनेकामध्ये तेस्रो चरणको परीक्षणमा पुगेका खोप नेपालका नागरिकमा पनि परीक्षण गर्न लागिएको हो । प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्ध बनेका भ्याक्सिनको ट्रायल नेपालमा पनि सुरु गर्न लागिएको जानकारी दिएका हुन् ।
‘नेपालमा पनि भ्याक्सिनको ट्रायल सुरु गर्न लागिएको छ,’ डा. गौतमले भने, ‘रेमडेसिभिर औषधि पनि ट्रायलका रूपमा प्रयोग सुरु गरिएको छ । कन्भालेसेन्ट प्लाज्मा पनि ट्रायलका रूपमा प्रयोग गरिएको छ ।’
कतिपयले कोरोना खोपको परीक्षण नेपालमा गर्न हुँदैन भनेर भ्रम छरिरहेको भन्दै त्यस्तो अफवाह नफैलाउन तथा नपत्याउन पनि उनले सचेत गराए ।
डा. गौतमले भने, ‘नेपालमा भ्याक्सिनको ट्रायल गर्न हुँदैन भन्ने खालका कुरा पनि उठिरहेका छन् । योचाहिँ नेपाल स्वास्थ्य अनुसन्धान परिषदको गाइडलाइनअनुसार विश्वव्यापी मान्यताका आधारमा स्वतःस्फूर्तरूपमा अध्ययनमा, रिसर्चमा, ट्रायलमा सामेल हुन चाहनेहरूलाई मात्र समावेश गरिने हुनाले यसमा भ्रम नपाल्न र भ्रम नछर्नसमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्छ ।’

प्रकाशित मिति: भाद्र ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend