धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा तीनदिन निषेधाज्ञा थप गरेको छ । यसअघि भदौ १४ गतेसम्म जिल्लालाई निषेधित क्षेत्रको निर्णय गरिएको थियो ।
सुनसरीमा निषेधाज्ञा जारी भएपछि धरानमा पनि लकडाउन थपेर १७ गतेसम्म पुरयाइएको थियो । शनिबार जिल्ला प्रशासनमा कार्यालयमा सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका गाउँ तथा नगरपालिका प्रमुखहरु र व्यापारी व्यवसायीहरु सहभागी बैठकले भदौ १७ गते मध्यरातिसम्म जिल्लाभर निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले जानकारी दिए । बैठकमा व्यवसायीहरुले बजार खोल्नुपर्ने प्रस्ताव गरेका थिए । १७ गते बैठक बसेर बजार खोल्ने वा नखोल्नेबारे निर्णय हुने जनाइएको छ ।