Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा थपिए चारजना संक्रमित

हाम्रो कोशी आवाज
भाद्र १४ २०७७, आइतबार
धरानमा थपिए चारजना संक्रमित

धरानः धरानमा आइतबार चारजना संक्रमित थपिएका छन् ।
चारजनाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान पञ्तिष्ठानको हेल्प डेस्कमा परीक्षण गरेका थिए । यीमध्ये दुईजनाचाहिँ बीपीकै कर्मचारी रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले उमेश मेहताले जानकारी दिए ।
बीपीकै ३८ वर्षीय सेक्युरिटी गार्डमा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए । यस्तै, बीपीकै परीक्षा शाखाको प्रशासनिक सहायकका रुपमा कार्यरत ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरूको कन्टयाक्ट ट्रेसिङका आधारमा परीक्षण गराउँदा यस्तो रिपोर्ट आएको हो ।
यस्तै, धरान–१८ का ५२ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । उनी बीपी प्रतिष्ठानमा काम गर्ने नर्सको बुबा हुन् । बीपीकै मेडिसिन वार्डमा छोरीको साथीहरू आउने गरेको र परीक्षण गराउँदा ती नर्स र परिवारका अन्य सदस्यमा नेगेटिभ रिपोर्ट आएको तर उनमा भने पोजेटिभ रिपोर्ट आएको थियो । यस्तै, धरान–१० का ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । उनी बीपी प्रतिष्ठान गइरहने गरेको खुल्न आएको उनले जानकारी दिए । योसँगै धरानमा संक्रमितको संख्या १४४ पुगेको छ ।

प्रकाशित मिति: भाद्र १४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend