धरानः धरान–८ स्थित तीनकुनेमा भएको दुर्घटना भएको छ ।
पुर्वान्चल इन्जिनियर क्याम्पस अगाडि भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको पहिचान खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले अहिलेसम्म महिलाको पहिचान खुल्न नसकेको बताए ।
उनको उपचारको क्रममा मंगलबार राति निधन भएको हो । इटहरीबाट धरान आउँदै गरेका धरान–१७ बस्ने तीस वर्षीय राम पौडेलले उनलाई ठक्कर दिएको बताइएको छ । को८प ९३०२ नम्बरको मोटसाइकलको ठक्करपछि उनी गम्भीर घाइते बनेपछि उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान ल्याइएको तर उपचारका क्रममा उनको निधन प्रहरीले जनाएको छ । चालक पौडेललाई नियन्त्रणमा लिएर ज्यान मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए । ती महिला ७० वर्षमाथिकी महिला रातो लुंगी, रातो चोली लगाएको र अनुहार हेर्दा क्षति बाहुनको जस्तो देखिने रहेको प्रहरीले जनाएको छ ।