Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको तीनकुनेमा मोटरसाइकलको ठक्करले मृत्यु भएकी महिलाको पहिचान खुल्यो, छोराले बुझे शव

हाम्रो कोशी आवाज
भाद्र १८ २०७७, बिहिबार
धरानको तीनकुनेमा मोटरसाइकलको ठक्करले मृत्यु भएकी महिलाको पहिचान खुल्यो, छोराले बुझे शव

धरानः धरान–८ स्थित तीनकुनेमा भएको दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुलेको छ ।
पूर्वाञ्चल इन्जिनियर क्याम्पस अगाडि भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो । मृतक महिलाको पहिचान खुल्न सकेको थिएन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले समाचार सार्वजनिक भएपछि उनको पहिचान खुलेको जानकारी दिए । उनी धनकुटा पाख्रिबास–५ घर भई हाल मोरङको बेलबारी–७ बस्ने वर्ष ८१ की लक्ष्मीमाया तामाङ रहेको उनले जानकारी दिए ।
गत १६ गते साढे ७ बजे को८प ९३०२ नम्बरको मोटरसाइकलले ठक्कर दिई घाइते भएकी उनको बीपी प्रतिष्ठानमा १७ गते मृत्यु भएको थियो । आफन्तको खोजतलासको लागि सहयोग माग गरिएको र समाचार सार्वजनिक भइसकेपछि मृतक महिलाको छोरा वर्ष ५५ को चन्द्रबहादुर तामाङले घटना बारेमा जानकारी पाई शवको जिम्मा लिइसकेको उनले जानकारी दिए ।
इटहरीबाट धरान आउँदै गरेका धरान–१७ बस्ने ३० वर्षीय राम पौडेलले चलाएको मोटरसाइकलले उनलाई ठक्कर दिएको बताइएको छ । चालक पौडेललाई नियन्त्रणमा लिएर ज्यान मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend