Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-२ र १५ का दुईजनासहित आज धरानमा चारजना संक्रमित थपिए

हाम्रो कोशी आवाज
भाद्र २० २०७७, शनिबार
धरान-२ र १५ का दुईजनासहित आज धरानमा चारजना संक्रमित थपिए

धरानः धरानमा चारजनामा कोरोना पुष्टि भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी विभागमा कार्यरत् तीनजनामा कोरोना पुष्टि भएको छ । उनीहरू सर्जरी २ का हेल्थ एड हुन् । ३८ वर्षीया दुईजना र ४० वर्षीय एकजना महिलामा कोरोना पुष्टि भएको छ । ४० वर्षीया महिला धरान–१५ महादेव चौक निवासी हुन् । अन्य बीपीमै बस्ने हुन् ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले योसहित अन्य एकजना पुरुषमा पनि कोरोना पुष्टि भएको जानकारी दिए । धरान–२ निकेतन स्कुल अगाडिका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । तीनैजना बीपीको क्वारेन्टाइनमा बसेका थिए । उनीहरूले बीपीमै स्वाब दिएका थिए । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७ पुगेको छ ।

प्रकाशित मिति: भाद्र २० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend