Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा देखियो एकैदिन ६४ जनामा कोरोना

हाम्रो कोशी आवाज
भाद्र २० २०७७, शनिबार
धरानमा देखियो एकैदिन ६४ जनामा कोरोना

धरानः धरानमा एकैदिन ६४ जनामा कोरोना देखिएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले धरानमा अहिलेसम्मकै धेरै संख्यामा कोरोना पोजेटिभ देखिएको बताए ।
‘६२ जना धरान–१३ स्थित फुस्रे आर्मी क्याम्पका सैनिक र सैनिकको परिवार रहेका छन्’, उनले भने, ‘अन्य दुईजना प्रहरी छन् ।’
उनका अनुसार संक्रमित हुनेमा एकजना दुई वर्षको बालिका र ४२ वर्षसम्म उमेर समूहका छन् । गत साउन १७ गते स्वाब लिइएको र १४२ मध्ये यतिका संख्यामा कोरोना पोजेटिभ देखिएको हो । त्यसमा धरानस्थित इलाका प्रहरी कार्यालयका दुईजना प्रहरीमा पनि कोरोना देखिएको छ । ‘एकजना प्रहरी र एकजना सूचनाका हवल्दार रहेको पाइएको छ’, उनले भने । योसँगै धरानमा संक्रमितको संख्या २७१ पुगेको उनले जानकारी दिए । धरानमा मात्रै ११० जनाभन्दा बढी सैनिक रहेका छन् । यसअघि पनि १२ जनाभन्दा बढी सैनिकमा कोरोना पुष्टि भइसकेको छ । धरानमा मात्रै ११० जनाभन्दा बढी सैनिक रहेका र यसअघि पनि १२ जनाभन्दा बढी सैनिकमा कोरोना पुष्टि भइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र २० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend