धरानः धरानमा आइतबार ६ जनामा कोरोना पुष्टि भएको छ ।
इलाका प्रहरी कार्यालय धरानका ५ जना थुनुवासहित आइतबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार कार्यालयका ५ जना थुनुवा र एक प्रहरीमा संक्रमण भएको पुष्टि गरे ।
धरान–१५ का १९ वर्षीय पुरुष, ३० वर्षीय पुरुष, २९ वर्षीय पुरुष र २३ वर्षीय पुरुष, धरान–१३ का २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यिनीहरू सबै थुनुवा हुन् । यस्तै, इटहरी घर भएका ३० वर्षीय पुरुष, खोटाङ घर भएका २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
धरानमा कोरोना पोजेटिभ भएका थुनुवाको कन्ट्याक्ट ट्रेसिङका आधारमा उनीहरूमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । उनीहरूले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब दिएका थिए । योसँगै धरानमा कोरोना संक्रमितको संख्या २७५ पुगेको छ ।