Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमै आयूर्वेदिक औषधि कोरोनाको उपचारमा परीक्षण थालिने

हाम्रो कोशी आवाज
भाद्र २१ २०७७, आइतबार
नेपालमै आयूर्वेदिक औषधि कोरोनाको उपचारमा परीक्षण थालिने

धरानः सरकारले कोरोनाभाइरसबाट सङ्क्रमितको उपचारको निम्ति आयुर्वेदिक औषधीको परीक्षण अघि बढाइएको जनाएको छ । त्यो परीक्षण प्रदेश ५ का करिब एक सयजनामा परीक्षण गरिने अधिकारीहरूले जनाएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा=प्रदीप ज्ञवालीका अनुसार उक्त औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूमा परीक्षण गरिँदैछ।
उनले भने, सामान्य लक्षण देखिएकालाई दिने हो, त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो त्यो हेरिन्छ साथै रगतमा केही परिवर्तन आए नआएको जाँच हुन्छ। उनका अनुसार जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको उक्त आयुर्वेदिक औषधी बिरामीलाई खाना खानुअघि खुवाउने हो।
मरीच, पिप्ली (पिप्ला) र सुठो (सुकेको अदुवा) बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने उनले जानकारी दिए। डा. ज्ञवालीले भने, ‘सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रदेश ५ को समन्वयमा त्यहाँका आयुर्वेदिक केन्द्रका डाक्टरहरू र काठमाण्डूबाट गएको अनुसन्धान टीमको संलग्नतामा आजभोलिमै औषधी दिने योजना छ।’
तर त्यो औषधी गम्भीर समस्या देखिएकाहरूलाई दिइने छैन। उक्त औषधीबारे यसअघि चीन र भारत लगायतका देशमा पनि अनुसन्धान र अध्ययन भएको र त्यसको साइड इफेक्ट नभएको उनले जानकारी दिए।
कोरोनाभाइरसविरुद्ध फ्याबिपिरबिर नामको औषधीको प्रभावकारिताबारे पनि अध्ययन गर्ने योजना रहेको अधिकारीहरूले जनाएका छन्। उक्त औषधी नेपालमा पनि उत्पादन भइसकेको बताउँदै डा। ज्ञवालीले भने, ‘स्वास्थ्य मन्त्रालयले कागजपत्र हेरेर अनुमति दियो र औषधी व्यवस्था विभागले विश्लेषण अनुमति दिएमा हामी अनुसन्धान गर्ने तयारीमा छौँ।’
त्यो औषधी पनि गम्भीर बिरामीलाई नभइ सामान्य लक्षण रहेका बिरामीलाई खुवाउने बताइएको छ। अहिलेसम्म कुन औषधि कोरोनाभाइरसविरुद्ध सबैभन्दा उपयोगी देखिएको छ । एन्टी भाइरल उक्त औषधी कोभिड(१९ का बिरामीमा प्रयोग गर्न चीन, रुस र भारत लगायतका देशमा अनुमति दिइएको बताइएको छ। अहिले प्रयोगमा रहेको रेम्डेसिभिरको तुलनामा उक्त औषधी सस्तो पनि हुने डा. ज्ञवालीको भनाइ छ।
उक्त औषधी अहिले एक सयजनामा परीक्षण गर्ने अनुसन्धान परिषद्को योजना छ। त्यसको गम्भीर साइड इफेक्ट नरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: भाद्र २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend