Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धुलिखेल समाज धरानमा युगल

हाम्रो कोशी आवाज
भाद्र २२ २०७७, सोमबार
धुलिखेल समाज धरानमा युगल

धरानः धुलिखेल समाज धरानमा युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
आगामी ३ वर्षका लागि प्रथम उपाध्यक्षमा इन्दु श्रेष्ठ कोजु, द्वितीय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषध्यक्षमा भीम श्रेष्ठ धालाछें, सहसचिवमा अभिमन्यू श्रेष्ठ खाछें, सदस्यहरूमा निःल श्रेष्ठ तुसुजु, प्रदीप श्रेष्ठ गज्याजु, अनिता श्रेष्ठ धालाछें, मेहरलाल श्रेष्ठ याकाछे., राजेन्द्र श्रेष्ठ तक्सारी, मेनकुमार श्रेष्ठ ध्वजु, सुमन श्रेष्ठ चोच्छे निर्विरोध निर्वाचित भए ।
संस्थाको विधान अनुरुप १५ जनाको कार्यसमिति रहेको जसमा वर्तमान अध्यक्ष दीपककुमार श्रेष्ठ कोजु निवर्तमान अध्यक्ष रहने प्रावधान रहेको र चतरा क्षेत्रबाट १ जना सदस्य कार्यसमितिबाट मनोनयन गरिने निर्वाचन अधिकृत तथा निवर्तमा अध्यक्ष ललितमान् श्रेष्ठ तखाछेंले बताए । निर्वाचन समितिमा कृपानाथ श्रेष्ठ धालाछें र मोलामान श्रेष्ठ ब्याञ्जु रहेका थिए ।
धुलिखेल पुख्यौली थलो भएको धरानमा बसोबास गर्ने नेवार समुदायको साझा संस्थाको रुपमा स्थापना भएर २०६१ सालदेखि विभिन्न समामाजिक कार्यहरू सञ्चालन गर्दै आएको छ । संस्थाको सदस्यहरूको सहयोगमा धरान १ मा आफ्नै भवनमा सचिवालय र विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि सभाहल समेत सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: भाद्र २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend