धरानः धरानस्थित इलाका प्रहरी कार्यालयमा रहेका थप अर्का थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार ४८ वर्षीय ती पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘प्रहरीमा अदालतमा लैजानुअघि एकपल्ट पिसिआर परीक्षण गर्नुपर्ने नियम छ, त्यही भएर उनको स्वाब लिइँदा पोजेटिभ रिपोर्ट आएको हो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले भदौ १८ गते हातहतियार तथा विस्फोटक पदार्थको मुद्दामा पक्राउ परेका दैलेखका युवामा कोरोना पुष्टि भएको जानकारी दिए । ‘उनी विप्लव कार्यकर्ता हुन्’, उनले भने, ‘तीन दिनअघि उनलाई चितवन जिल्लाबाट धरान ल्याइएको थियो ।’