Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डुलिरहने सेनाको आफन्तमा परीक्षण गर्दा धरान-१५ की महिलामा कोरोना पुष्टि

हाम्रो कोशी आवाज
भाद्र २३ २०७७, मंगलबार
डुलिरहने सेनाको आफन्तमा परीक्षण गर्दा धरान-१५ की महिलामा कोरोना पुष्टि

धरानः धरान-१५ मा थप एकजना महिलामा कोरोना पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितको संख्या २७८ पुगेको छ ।
धरान–१५ की ५४ वर्षीया महिलामा पोजेटिभ रिपोर्ट आएको हो । धरान–३ मा ४४ जनाको स्वाब लिइएको र एकजनामा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । एक नेपाली सेनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
‘खासमा एकजना कोरोना पोजेटिभ नेपाली सेना धरान-१० स्थित होम आइसोलेसनमा बसेको बताएपनि धरान-३ मा बस्ने गरेको खुलेको थियो, त्यसपछि छिमेकी, आफन्तलगायत ४४ जनाको स्वाब लिइयो, त्यतिबेला ती महिला पनि स्वाब दिन आइपुगेकी थिइन्,’ उनले भने, ‘अन्य सबैको नेगेटिभ आयो, उनको चाहिँ पोजेटिभ रिपोर्ट आयो ।’

प्रकाशित मिति: भाद्र २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend