Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खुल्यो अश्लील भिडियोको रहस्य

हाम्रो कोशी आवाज
भाद्र २५ २०७७, बिहिबार
खुल्यो अश्लील भिडियोको रहस्य

धरानः धरानकी नायिका तथा मोडल रेखा लिम्बू (फागो) को अश्लील भिडियो खासमा उनको नभएको धरान-१३ की मेरिना तुम्साले स्पष्ट पारेकी छिन् । उनले त्यो भिडियो रेखाको नभएको र त्यसलाई नफैलाउन सबैलाई आग्रह गर्दै प्रेस विज्ञप्ती पनि जारी गरेकी छिन् । उनले अश्लील भिडियोमा आफ्नो पनि नाम जोडेर रेखाकै हो भनी अफवाह फैलाए कानुनी प्रक्रियामा जाने बताएकी छिन् ।
उनले नै केही समयअघि अन्यलाई सो भिडियो शेयर गरेको खुलेको थियो । उनले अश्लील भिडियो इन्डोनेसियन दम्पत्तिको हो भनी पूरा अश्लील भिडियोको लिङ्क पत्ता लगाई बाहिर ल्याउने व्यक्ति विजय वान्तवाले भनिसकेको बताएकी छिन् ।
‘विगत केही महिनाअघि नचिनेको आइडीबाट इन्ट्राग्रामबाट शेयर भएर आएको अश्लील भिडियो कौतुहलतावश अञ्जानमा मेरो साथी कोपिला ठकुरलाई शेयर गरेपछि उक्त अश्लील भिडियो मेरो प्यारी दिदी कलाकार रेखा फागो लिम्बू हो भनी विश्वभर भाइरल बनेकोप्रति दुःख व्यक्त गर्न चाहन्छु’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले लिम्बू न्याय प्रणालीअनुसार रक्सी राखेर रेखासँग माफी मागेकी थिइन् ।
आफ्नो नाम जोडेर विदेशी भिडियो फैलिएपछि लामो समय तनावमा परेकी अभिनेत्री रेखाले केही समयअघि गलत भिडियो फैलाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै विज्ञप्ती सार्वजनिक गरेकी थिइन् । उनले पनि अश्लील भिडियोमा आफ नदेखिएको बताएकी छिन् ।
उनले केही महिनाअघिबाट सोसल मिडियामा देखिएको एउटा अश्लील भिडियोमा देखिएको पात्र आफू नरहेपछि ढुक्क रहँदारहँदै आफन्त, शुभचिन्तकहरूमा बारम्बार फैलिएको र दिनहुँ आउने ‘फोन कल’ हरूलाई स्पष्ट पार्न उनले एक वक्तव्य निकाल्दै आफू र परिवारलाई मानसिक तनाव नदिन आग्रह पनि गरेकी थिइन् । उनले भिडियोसँग नाम जोडेर नचाहिँदो तरिकाले अनावश्यक प्रचार गरिएको दुःखी तुल्याएको बताएकी छिन् ।
चिनजानकै साथीभाइहरूले शुरुमा तिमीजस्तै भनेर देखाएको र होइन भनेर प्रष्ट पार्दा त्यसको केहीदिनपछि आफन्त तथा समुदायमा पुगेको पनि रेखाले जनाएकी छिन् । नायिका रेखालाई बदनाम गर्ने कुचेष्टा गर्दै अश्लील भिडियो निकालेको भन्दै चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ ले विज्ञप्ति जारी गरेर भत्र्सना समेत गरेको थियो ।

प्रकाशित मिति: भाद्र २५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend