धरानः धरानमा आज (शुक्रबार) एकैदिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितको संख्या ३११ पुगेको छ ।
धरान उपमहानपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले आज एकैदिन २२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । गत २३ गते स्वाब लिइएकामध्ये यतिको संख्यामा संक्रमित देखिएको हो ।
धरान–४ का ३० वर्षीय पुरुष, धरान–१५ का ४३ वर्षीय पुरुष, धरान–११ की ४४ वर्षीया महिला, धरान–६ की २७ वर्षीया महिला, धरान–१३ का ४३ वर्षीय पुरुष संक्रमण देखिएको उनले जानकारी दिए ।
यस्तै, धरान–१९ का श्रीमान श्रीमतीमै पनि कोरोना पुष्टि भएको छ । २९ वर्षीय श्रीमान २४ वर्षीय श्रीमतीमा एकसाथ संक्रमण पुष्टि देखिएको उनले जानकारी दिए ।
यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्ने इलेक्टिसियनमा काम गर्ने ४५ वर्षीय पुरुष, बीपीकै इन्सिनेटरमा काम गर्ने कर्मचारी ४८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै, धरानस्थित इलाका प्रहरीका थुनुवा ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । २९, ३४, २४, ४६, ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यी मध्ये तीनजना लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका हुन् भने दुईजना जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका हुन् ।
यस्तै, इलाकाकै अन्य चार प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको छ । ३२, २५, २३ र २० वर्षीय दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, धरान–७ बिइस टेनिंग सेन्टरमा आएका चार जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । १९ वर्षीय, २३ वर्षीय, २० वर्षीय दुईजनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।