Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको कर अनलाइनबाटै तिर्न सकिने

हाम्रो कोशी आवाज
असोज १ २०७७, बिहिबार
धरानको कर अनलाइनबाटै तिर्न सकिने

धरानः धरान उपमहानगरपालिकालाई कर तिर्न लाइन बस्नुपर्दैन । उपमहानगरपालिकाले कर तथा राजस्व भुक्तानी अनलाइनबाट गर्ने भएको छ । बिहीहबारदेखि शुरु भएको अनलाइन प्रणालीको मेयर तिलक राई र उपमेयर सुवेदीले भुमिकर तिरेर अनलाइनको शुरु गरेका थिए ।
स्वेदश तथा विदेश जहाँसुकै भएका धरानले आफूले तिर्नुपर्ने कर तथा राजस्व अब अनलाइनमाध्यमबाट नै भुक्तानी गर्न सक्ने प्रणालीको विकास गरिएको धरान नगरपालिकाका प्रमुख राईले जानकारी दिए । उपमहानगरपालिकाले कम्प्युटर सफ्टवेयरको माध्यमबाट कर तथा राजस्वको अभिलेखन, कर निर्धारण, तथा असुली सम्बन्धी कार्य गर्ने उनले जानकारी दिए । करदाताले आफूले तिर्न वा बुझाउन चाहेको सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल करलगायत तिर्न सक्नेछन् ।
देशमै पहिलोपटक धरानले यस्तो प्रणालीको शुरुवात गरेको हो । धरान उपमहानगरपालिकालाई करदातामैत्री बनाउन अनलाईन प्रणालीबाट कर तिर्न सकिने व्यवस्था गरेको हो । उपमहानगरपालिकाका सुचना महाशाखा प्रमुख खगेन्द्रप्रसाद खतिवडाले भुमी कर, घर तथा घर बहाल कर, व्यवसाय करलगायत सम्पूर्ण करको भुक्तानी गर्ने व्यवस्था गरिएको बताए । यो सेवा विद्युत र खानेपानीको विल भुक्तानी गरे जस्तै सजिलो हुने उनले बताए ।

प्रकाशित मिति: असोज १ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend